arrow

सात सय ६९ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
crime-final-everytime-use.jpg

नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका २ हमालचोकबाट अवैध लागू औषध गाँजा ७ सय ६९ किलो ३१ ग्रामसहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका २ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनकोबिच भागमा फल्सबटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ