arrow

चार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे छलफल हुनेछ । 

त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल, सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणबारे छलफल हुनेछ । 
 



नयाँ