arrow

वर्षाले बेलगाछि पुलमा क्षति, यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
belgachi-bridge-81-4-16.jpg

रौतहट । वर्षासँगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करिब २ किलोमिटर पश्चिमस्थित बेलगाछि पुल क्षतिग्रस्त हुँदा यातायात प्रभावित भएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत टुटेश्वर महादेव जाने बाटो छेउँ बेलगाछी पुल आज बिहान ३ बजे बाढीबाट पूर्ण रूपले छति भएपछि  आवागमन प्रभावित भएको हो । पुल क्षतिग्रस्त हुँदा पूर्व पश्चिम जाने दर्जनौँ मालबाहक तथा यात्रुबाहक गाडीहरु बिहानैदेखि जाममा परेको थियो ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर रोकिएको गाडिहरु पास गराएको छ। सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले पुल बिहान ३ बजेतिर पानीको भेलले क्षतिग्रस्त हुँदा केही घन्टा यातायातमा कठिनाई भएको बताएका छन् ।

अहिले प्रहरीले पूर्व पश्चिमबाट आउने गाडीहरुलाई लालबन्दीबाट रूट बदलेर हुलाकी राजमार्ग ,रेलगार्ग हुदै पठाएको एसएसपी ओलीले बताए ।

क्षतिग्रस्त पुल मर्मतको काम द्रुतगतिमा चलिरहेकाले केही समयपछि सञ्चालन हुने उनले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ