arrow

धनमाल लुट्ने चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
chor-pakrau-kaski.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डाँकासम्बन्धी कसूरमा चार जना मानिस पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे-२ भराभरीका ५१ वर्षीय खड्कबहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ का ५८ वर्षीय लोकबहादुर राना मगर, पोखरा ३ नदीपुरका ३५ वर्षीय राजु सुनार छन् ।

प्रहरीका अनुससार उनीहरुले साउन ३ गते राति करिब ८ः३० बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जाका शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई सुनका विभिन्न किसिमका गरगहना, मोवाईल र नगदसमेत गरी १४ लाख आठ हजार रुपैयाँ बराबरको लुटपाट गरेका थिए ।

घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरेको थियो । त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली खटिएर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबिरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ