arrow
ADVERTISEMENT

सौर्य विमान दुर्घटनाका घाइते पाइलट भेट्न केएमसी पुगे उपसभापति खड्का [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
khadka-kmc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न काठमाडौं मेडिकल कलेज केएमसी पुगेका छन् । 

बिहीबार  केएमसी पुगेका उनले आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको बताए । उनले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए ।  उनले हवाई दुर्घटना एवं सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उनको उपचार अझै जारी रहने चिकित्सकहरूले भन्नुभएको छ । उनले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताएका छन् । सबैको आशीर्वादले पुनः जन्म पाएको बताए । उन कुरा पनि गर्न सक्ने अवस्थामा हुनुहुन्छ । पुनः जन्म हुन्छ भन्ने कुरा उनबाट प्रमाणित भएको छ । उनले अब सबै ठिक भएपछि जाँचबुझ समितिसँग धेरै कुरा बताउनु हुनेछ । जसले गर्दा विमान दुर्घटनाका बारेमा जानकारी हुनेछ । हामीले सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप केके सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

नेपाली कांग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । उनले काठमाडौं मेडिकल कलेज प्राविधिक रूपमा कति सक्षम भन्ने कुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए । उनले अस्पताल र चिकित्सकहरूको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताए । 

उनले भने, ‘पुर्खाहरूले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उन जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उन बाँच् नसक्ने भन्ने हुँदैन । उपचार गरेर उनलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौं मेडिकल कलेज प्राविधिक रूपमा कति सक्षम छ, भन्ने कुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ