arrow

भारत र श्रीलंकाको पहिलो खेल टाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
india-srilanka-odi-24-8-3.jpg

काठमाडौँ । भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल टाइ भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको पहिलो खेल टाइ भएको हो ।

श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्र्याको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन नै बनाएपछि खेल टाइ भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४(१४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

दोस्रो खेल आइतबार हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ