arrow

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ- विमलेन्द्र निधी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
bimalendra.JPG

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टी गर्ने तर्क गरे । 

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टी हुने सम्भावना टाढासम्म नरहेको उनको भनाई थियो । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताए । यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी उनको छ । 

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ