arrow

निर्माण व्यवसायीहरूको भुक्तानी चाँडै हुन्छ - मन्त्री दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
dahal-minister.jpg

काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडो दिइने बताएका छन् । शनिबार मन्त्री दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन् । उनले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने भन्दै काम सकेर बिल फर्छ्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्ने बताए । 

उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण सङ्कलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए । उनले जति छिटो विवरण सङ्कलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने बताए । 

मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए । उनले आफूहरू पनि विगतको सरकारमा रहेको र आफूहरूले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने बताए । उनले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरुपनि सय प्रतिशत कार्यान्वयन गराउन लाग्ने बताए । उनले सबै कार्यान्वयन नभए ९० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्न सक्ने उनले विश्वास व्यक्त गरे । 

उनले कानूनी अड्चन, वन र क्षतिपूर्ति लगायतका समस्याका कारण भौतिक संरचनाहरू निर्माणमा ढिलाइ हुने गरेको बताए । उनले निर्माण सम्पन्न हुन ढिलाइ भएका आयोजनाहरूको सम्बन्धमा अध्ययन गर्न समिति बनाउने र समितिको प्रतिवेदनको आधारमा समस्याहरू समाधान गर्ने बताए । उनले एक वर्षभित्र परिणाम दिने गरी काम गर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ