- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यो कार्यकाललाई क्रिकेटमय बनाइरहेका छन् । उनी प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन सय दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए ।
शपथको तीन साता बित्न लाग्दा उनले आइतबार नेपाल किकेट संघका पदाधिकारीसहित खेलाडी, खेलप्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । काम भने अझै शुरु भएको छैन । ओली छलफलमै छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ ।’