arrow

अमरेशकुमार सिंहको आरोप – शेयरको मूल्य कृत्रिम रुपमा बढाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
amreshkumar-singh-81-3-5.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सांसद डा अमरेशकुमार सिंहले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै उनले आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारसँग एउटा समिति गठन गर्न माग गरेका छन् । 

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ