arrow

प्राकृतिक विपद्‍मा परी एक सय ५४ जनाको मृत्यु, ४७ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
landslide-new.jpg

काठमाडौँ । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 
विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । 

दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई-दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ