arrow

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु, चारको जीवितै उद्धार, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
baglung_district.png
तस्बिर – फाइल ।

बलेवा । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । 

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।

आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ