arrow

चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न समितिको निर्देशन [भिडियो]

तत्काल सुपथ मूल्य पसलको समयावधि र क्षेत्रगत दायरा बिस्तार गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
sonamgoljey-sherpa-04-22.jpg

काठमाडौँ । चाडपर्व शुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

बैठकमा बोल्दै समिति सभापति सोनाम गेल्जेन शेर्पा बजारमा दैनिक उपभोग्य तथा अति आवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आम नागरिक आक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । 

उनले देशभर गुणस्तरीय वस्तु तथा सेवामा सहज रूपमा आपूर्ति गरी कृत्रिम अभाव र कारोबारी रोक्न पनि समितिले निर्देशन दिएको छ । उनले नियमित बजार अनुगमन गर्न र सर्वसाधारणको सहज पहुँच हुने गरी तत्काल सुपथ मूल्य पसलको समयावधि र क्षेत्रगत दायरा बिस्तार गर्न निर्देशन दिए । उनले उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक पसलमा मूल्य सूचि अनिवार्य रूपमा राख्ने व्यवस्था र तीन तहको सरकारसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न नेपाल सरकालाई निर्देशन दिने बताए । 

उनले भने,‘बजारमा दैनिक उपभोग्य तथा अति आवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आम नागरिक आक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न,देशभर गुणस्तरीय वस्तु तथा सेवामा सहज रूपमा आपूर्ति गरी कृत्रिम अभाव र कारोबारी रोक्न, चाडपर्व शुरु हुनु भन्दा अगाडिदेखि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न,नियमित बजार अनुगमन गर्न र सर्वसाधारणको सहज पहुँच हुने गरी तत्काल सुपथ मूल्य पसलको समयावधि र क्षेत्रगत दायरा बिस्तार गर्न,उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिन,प्रत्येक पसलमा मूल्य सूचि अनिवार्य रूपमा राख्ने व्यवस्था र तीन तहको सरकारसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न नेपाल सरकालाई निर्देशन दिन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ