arrow

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
global-ime-bank-zaltan-24.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल जाल्टानबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् ।  

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । 

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । 

यसैगरी जापान गए पश्चात विद्यार्थीहरुले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् । 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्र रहेको बैंकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ