arrow

बाँदर नियन्त्रणका उपाय समितिमा पेश गर्न सरकारलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
krisi-samiti-sachib.jpg

काठमाडौँ । बाँदर नियन्त्रणको लागि अल्पकाल र दीर्घकालीन उपायहरूका विषयमा अध्ययन गरी समस्या समाधानहरूका उपायहरू एक महिनाभित्र समितिमा पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समिति सचिव  उपसचिव शिवदत्त बरालले बाँदरको कारणले गर्दा मुख्य गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषकहरू आक्रान्त भएको बताए । बाँदर नियन्त्रण गरी किसानलाई कसरी राहत दिन सकिन्छ भन्नेबारे अल्पकाल र दीर्घकालमा गर्नुपर्ने विषयमा आवश्यक अध्ययन गरी समस्या समाधानमा रहेका जटिलताहरूलाई एक महिनाभित्र समितिमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए ।

उनले वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी किसानको खेतीबाली नष्ट गर्ने र मानिसहरूलाई आक्रमण गरी ज्यान लिने र घाइते बनाउने गरेकाले यसको आवश्यक नियन्त्रण गरी जङ्गली जनावरलाई मानव बस्तीमा प्रवेश गर्ने कार्यको नियन्त्रण गर्ने आवश्यक सुरक्षा शतर्कता अपनाउने र आवश्यक स्थानमा विद्युतीय तारबार र घेरा लगाई क्षतिको न्यूनीकरण गर्ने कार्य गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि बताए । 

उनले जङ्गली जनावर बाँदर,बँदेल ,दुम्सी र नीलगाई लगायत किसानहरूको क्षतिबाली नष्ट गरेकोमा यसको उचित मूल्याङ्कन गरी सहज रूपमा क्षतिपूर्तिको उपलब्ध गराउने व्यवस्था अवलम्बन गर्न कृषि तथा पशुपंक्ष र वन तथा वातावरण मन्त्रालयले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो । उनले बाघको गणना गरी वासस्थानको अध्ययन गरी दीर्घकालीन निर्णय लिएर बाघ नियन्त्रणमा आवश्यक पहल गर्न निर्देशन दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ