arrow

श्रीलंकासँग भारतको लज्जास्पद हार, २७ वर्षपछि श्रृंखला गुमायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
india-sri-odi-24-8-7.jpg

काठमाडौँ । श्रीलंकाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । बुधबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले श्रृंखला २–० ले जितेको हो ।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६।.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले २० बलमा ३५ तथा वाशिंटन सुन्दरले २५ बलमा ३० रन बनाए । 

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्ने क्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महिश तिक्क्षना र जेफ्री वान्दरसेले २–२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्वाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय डेब्यु खेलाडी रियान परागले ३ विकेट लिएका थिए ।

यो जितपछि श्रीलंकाले ३ खेलको श्रृंखला २–० ले जितेको छ । पहिलो खेल टाइ भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।

भारतले २७ वर्षपछि श्रीलंकासँग एक दिवसीय श्रृंखला गुमाएको छ । श्रीलंकाले सन् १९९७ मा चार खेलको श्रृंखला ३–० ले जितेपछि २७ वर्षसम्म भारतमाथि श्रृंखला जित हासिल गर्न सकेको थिएन । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ