arrow

कुमारी बैङ्क र समाज डेन्टलबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
kumari-bank-samaj-dental-discount-10-percent.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र नयाँ बानेश्वर, काठमाडौँ स्थित समाज डेन्टल प्रालिबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाडौँ, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, वसुन्धरा चौकी– काठमाडौँ, सितापाइला चोक– काठमाडौँ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवा केन्द्रबाट सेवा लिए बापत कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैङ्कका ग्राहकहरूलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्क रूपमा उपलब्ध हुनेछ। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ