arrow

ग्लोबल आईएमई बैंक र ल्याण्डमार्क होटलबीच समझदारी, १५ प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
global-ime-landmark.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । 

समझदारीमा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा विजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्टको काठमाडौँ, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

बैंकका ग्राहकहरुले होटल तथा रिसोर्टमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेकोसमेत जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ