arrow

कांग्रेस बैठकको तेस्रो दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज  तेस्रो दिन हो । बैठक ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा बुधवार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । साथै समयसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । 

बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । बुधवार प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। 

आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ