arrow

पत्रकार सम्मेलन गर्दै कुलमानले के भने ? [भिडियो]

विद्युत् प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
kulman-ghising-04-24.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् ।शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । 

उनले पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल जोडेर कागजी रूपमा नाफा देखाएको आरोप सत्य नभएको उल्लेख गरे । उनले विद्युत् प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताए । उनले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको दाबी गरे । 

उनले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल बिलको केही अंश भए पनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणबाट आएको विवरण रहेको भन्दै महालेखापरीक्षकले गरेको अडिट गलत नभएको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७२-७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यस यता भने विगत फर्केर हेर्नु नपरेको उल्लेख गरे । 

कार्यकारी निर्देशक घिसिङका अनुसार आर्थिक वर्ष ०७३-७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले शुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको बताए । उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताए । उनले यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको बताए । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको उनको भनाई छ । उनले सिँचाइको लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको पनि बताए । 

उनले भने,‘आर्थिक वर्ष २०७२-०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३-०७४ मा १ अर्ब ५० करोड रुपैयाँ मुद नाफा कमाउँदै प्राधिकरणले शुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत् प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत् प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ । विद्युत् प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पु¥याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन । त्यो बिलको पनि केही अंश होला । तर ८२ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयको लेखा परीक्षणबाट आएको विवरण हो । महालेखापरीक्षकले गरेको अडिटलाई गलत कसरी भन्न सकिन्छ । त्यो भएको हुनाले यसलाई पत्रकार साथीहरूले बुझिदिन र यसलाई यही हिसाबले वितरण प्रस्तुत गर्न आग्रह गर्दछु । पछिल्लो अवधिमा विद्युतको महसुल तीन पटक गरी करिब २५ प्रतिशत घटाइएको भए पनि नाफामा वृद्धि भइरहेको छ । प्राधिकरणको नाफा विद्युतमा महसुल बढाएर भएको होइन । करिब २५ प्रतिशत विद्युत् महसुल घटाएर भए पनि नाफामा वृद्धि गरेको छ । प्राधिकरणका ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै कायम गरी ऊर्जामा निःशुल्क गरिएको छ । सिँचाइको लागि प्रति युनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको छ । प्राधिकरण आर्थिक क्षमता वहन गर्न सक्ने क्षमतामा छ ।’

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको उल्लेख गरे । उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । उनले प्राधिकरणले विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उल्लेख गरे । 

उनले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्वासी बस्ती तथा चेपाङ,मुसर लगायत विपन्न वर्गका घर परिवारहरूमा विद्युत् पु¥याउन निःशुल्क मिटर समेत वितरण गरिएको जानकारी दिनुभयो । उनले आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड विद्युत् खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड विद्युत् खपत पुगेको उल्लेख गरे । 

उनले भने,‘तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि अहिले ९९ प्रतिशत पुगेको छ । अहिले ५९ लाख ३५ हजार उपभोक्ता पुगेको छ । विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढिसकेको छ । अब देश छिटै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको छ । सुकुम्वासी बस्ती तथा चेपाङ,मुसर लगायत विपन्न वर्गका घर परिवारहरूमा विद्युत् पु¥याउन निःशुल्क मिटर समेत वितरण गरिएको छ । आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड विद्युत् खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड विद्युत् खपत पुगेको छ ।’

उनले विगत ८ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको उल्लेख गरे । उनले विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताए । कार्यकारी निर्देशक घिसिङले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौता बमोजिम पनि विद्युत् निर्यात भइरहेको बताए । उनले विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका बताए । उनले नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको बताए । 

उनले वर्षा याममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको बताए । उनले सुख्खा याममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको बताए । उनले गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको पनि जानकारी दिनुभयो । उनले गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको भन्दै आर्थिक वर्ष २०८०-८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको समेत बताए । उनले विद्युत् निर्यात नेपालको जलविद्युत विकासका लागि कोशे ढुङ्गा भएको बताए । 


उनले नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुने बताए । उनले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बङ्गलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताए । उनले बङ्गलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहजहुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात शुरु हुने विश्वास लिएको बताए । उनले प्राधिकरणले आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत शेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको बताए । 

उनले विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना बिस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको बताए । ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्ट लेखा समितिलाई पठाएको निर्देशक घिसिङले बताए । उनले ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सपोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ