arrow

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काँक्रेविहार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
kakrebihar-81-4-26-(15).jpg

काँक्रेविहार । सुर्खेत वीरेन्द्रनगरबाट करिब १० मिनेटको दूरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाई र शाक्त वातावरणमा रहेको स्थान हो । सुर्खेतको कोलाहल छल्न र शाक्त वातावरणको आनन्द लिन हिजोआज मानिस यहाँ आउने गर्दछन् ।

भग्नावशेषकै रुपमा रहेको बेला विसं २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्व बढेको देखिन्छ भने यसको पुनःनिर्माण कार्य २०७५ सालमा मात्र गरिएको थियो ।
    
ढुङ्गामा कुँदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टाहरु हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कारीगरीको नमूनाकै रुपमा रहेको छ काँक्रेविहार ।

सो काँक्रेविहारको ऐतिहासिक र पुरातात्वक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ । यस विहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरिएको पाइन्छ ।

केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् भन्ने पनि गरिन्छ ।

उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेता पनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ । (नेपाल फोटो लाइब्रेरी)

kakrebihar-81-4-26 (1).jpg
kakrebihar-81-4-26 (2).jpg
kakrebihar-81-4-26 (3).jpg
kakrebihar-81-4-26 (4).jpg
kakrebihar-81-4-26 (5).jpg
kakrebihar-81-4-26 (6).jpg
kakrebihar-81-4-26 (7).jpg
kakrebihar-81-4-26 (8).jpg
kakrebihar-81-4-26 (9).jpg
kakrebihar-81-4-26 (10).jpg
kakrebihar-81-4-26 (11).jpg
kakrebihar-81-4-26 (12).jpg
kakrebihar-81-4-26 (13).jpg
kakrebihar-81-4-26 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ