arrow

महिला डाक्टर मार्ने आरोपीको मोबाइलमा भेटियो अश्लील भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
indian-dr-killed-24.jpg

नयाँदिल्ली । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् ।

आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्त २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए । न्युज १८ को रिपोर्ट अनुसार प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ । 

अभियुक्तबाट एउटा ब्लुटुथ हेडफोन बरामद भएको छ, जसलाई महत्वपूर्ण प्रमाणका रुपमा लिइएको छ । नागरिक स्वयंसेवकका रूपमा राखिएका कारण अभियुक्तले सहजै अस्पताल प्रवेश पाएका थिए । प्रहरीलाई सहयोग गर्ने यस्ता कर्मचारी हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ