arrow

भीरबाट लडेर मनकुमारी राईको मृत्यु, छिमेकी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
khotang-district.png
फाइल तस्बिर

खोटाङ । खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केपिलासगढी गाउँपालिका वडा नं. ७ सुङ्देलकी ४१ वर्षीया मनकुमारी राई रहेकी छन् । 

राईको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन् ।

प्रहरीका अनुसार मनकुमारी आफ्नै छिमेकीको बारीमा शनिबार कोदो रोप्न गएकी थिइने । बेलुका घर नफर्किएपछि स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । 

रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।  

घटना शङ्कास्पद देखिएपछि मनकुमारीसँगै कोदो रोप्न गएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए । 

“घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उनले भने, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ