- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको मंगलबारदेखि सुनवाइ शुरु हुने भएको छ ।
हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि शुरु हुन लागेको हो ।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपतिशमशेर जबराले जानकारी दिएका छन् ।
उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । मंगलबार दिउँसो १२ः३० बजेबाट सुनुवाइ हुनेछ ।