arrow

दाउन्नेमा लेदो खसेपछि नारायणगढ–बुटवल सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
daunne-road-81-4-29.jpg
तस्बिर – फाइल ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गएरातिको वर्षापछि अवरुद्ध भएको हो ।  

हिजो बिहानदेखि दिउँसो १ बजेसम्म सवारी आवागमन ठप्प पारेर ममर्त सम्भार गरे पनि गएराति फेरि लेदो खसेर सडक अवरुद्ध भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ