- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुगु । पहिरो सडक लगेपछि गमगढी - तारापानी - सोरुकोट सडक दुई सातादेखि अवरुद्ध भएको छ । सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि दुई हप्तादेखि गमगढी-सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो ।
आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्तादेखि गमगढी-सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो । सडक अवरुद्ध भएपछि सिङ्गो सोरु गाउँपालिकाका जनतालाई जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउँपालिकातिर आउजाउ गर्न समस्या हुँदै आएको छ ।
पहिरोले करिब १० मिटर सडक लगेर नाम निसानसमेत राखेको छैन, अहिले मानिसहरु गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म आउने र त्यहाँबाट पहिरोलाई छल्दै दौडेर पहिरो पार गरी पारिपट्टी रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउने गर्दै आएका छन् ।
तन्नेरी युवा युवतिहरु त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन तर महिला,बालबालिका,जेष्ठ नागरिक र अशक्त,विरामिहरुलाइ भने पहिरो पार गर्न कठिनाइ हुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको सञ्चारकर्मी सर्जनबहादुर शाहीले बताए ।
शाहीका अनुसार पालिकाले सोरु र छायाँनाथ रारा नगरपालिका सीमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काइभेटर लगाएर सानातिना पहिरो हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिँदैन भनेर स्काभेटर फर्किएको थियो ।
गमगढी - तारापानी - सोरुकोट र तारापानी- धैन-दोमुख सडक कर्णाली प्रदेश सरकार मातहतको सडक हो । वर्षाको बेला आउने अवरोध हटाउने र सडक स्त्तरौन्नती,सुरक्षित र मापदण्ड अनुसार बनाउने जिम्मेवारी कर्णाली प्रदेश सरकारको भए पनि त्यो तर्फ कर्णाली प्रदेश सरकारको ध्यान नदिदा बर्सेनि सडक अवरुद्ध हुदा सोरुबासीहरु जोखिम मोल्न बाध्य छन् ।
एक त गाउँपालिका त्यसमा पनि आउने न्यून बजेटले १०० मिटर भन्दा चाख्लो पहिरो पन्छाएर सडक बनाउन बजेटले पुग्दैन । गत वर्ष पनि त्यही ठाउँमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलाइयो तर यो चोटी कसरी पहिरो पन्छाउने, सडक बनाउने आफ्नो मातहतको सडक भए पनि कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ, हाम्रा जनताले दुःख पाउने भएकाले साउन पूर्णिमापछि वर्षा रोकिएपछि पहिरो पन्छाउने र सडक बनाउनेतिर गाउँपालिका लाग्ने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही बताउँछन् ।
सडक अवरुद्ध हुँदा गमगढी बजारबाट व्यापारको लागि सोरु गाउँपालिकातिर लिइने दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीहरुको ढुवानी लागत बढ्दा सोरुबासीहरुले चर्को मूल्यमा सामान किन्नु परिरहेछ ।
गमगढी - तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग डिफिटको आथिक सहयोगमा ग्रामिण पहुच कार्यक्रम (र्याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।
प्रदेश सरकारलाई हस्तान्तरण गरेदेखि हस्तान्तरणमै सीमित छ । प्रदेश सरकारले सडक विस्तार, स्तरउन्नति तथा अन्य सुधारका काममा ध्यानै दिएको छैन ।