arrow

सनराइज सेक्युरिटिज लिमिटेडको व्यावसायिक कारोबार सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
sunrise-securities-laxmi-bank-transaction.jpg

काठमाडौं। लक्ष्मी सन्राइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा स्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले आजदेखि औपचारिक रूपमा आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको छ। एक विशेष समारोहका बीच, लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले कम्पनीको कारोबार शुभारम्भ गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले सन्राइज सेक्युरिटिजले शेयर कारोबारसँग सम्बन्धित सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले कम्पनीले पुँजी परिचालन र नेपालको पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखे।

कार्यक्रमका विशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकको सहायक कम्पनीको रूपमा सन्राइज सेक्युरिटिज लिमिटेडको स्थापना भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिए।

त्यसैगरी, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कम्पनीको शुभारम्भ कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै, कम्पनीले धितोपत्र खरिद-बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरीय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने जानकारी दिए।

सनराइज सेक्युरिटिज लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको गैह्रिधारा–२ मा अवस्थित छ। कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु. २० करोड रहेको छ भने स्टक ब्रोकर नम्बर १०० तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ