arrow

चौहत्तर वर्षीय वृद्धको चक्कु प्रहार गरी हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
crime-final-everytime-use.jpg

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित पेटमा चक्कु प्रहार गरी एक जना वृद्धको हत्या गरिएको छ। गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घरदेखि २०० मिटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

गौरस्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन् ।

मृतक महतो लागुऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागुऔषध प्रयोगकर्ता हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन् । घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ