arrow

सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
sindhuli--news-sadak-pahiro.jpeg
तस्बिर – फाइल ।

सिन्धुली । पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको छ। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भीरमा अविरल वर्षासँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो।

बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौँ हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ