arrow

गठ्ठाघर दुर्घटनाको गम्भीरपूर्वक छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
accident-gatthaghar-81-4-31ooo.jpg
तस्बिर – ट्रकले किचेर मारेको स्कुटर चालकको शव उठाउँदै प्रहरी ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरपूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिएका छन् । 

गृहमन्त्री लेखकले दुर्घटनाको कारण गम्भीरपूर्वक खोज्न आईजीपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने,‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कस्को गल्ती छ? यसमा हाम्रो पुलिसफोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’
 
बिहीबार दिउँसो गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ । ट्राफिक प्रहरीले गैरजिम्मवारीपूर्वक चेकिङ गर्दा तीव्र गतिमा आएको ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । 

उनीहरुका अनुसार स्कुटर चालकको पहिले खुट्टा किचिएको भए पनि ट्रक चालकले ब्याक गरेर ज्यानै लिएको थियो । 

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त [फोटोफिचर]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ