arrow

सत्ताइस फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की साउनमा मात्र २७ फरार प्रतिवादी पक्राउ गरेको छ ।

साउन १ देखि ३२ गतेसम्ममा २२ पुरुष र पाँच महिला गरी २७ जना फरार प्रतिवादी पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी छ ।

पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा १३, लागूऔषध मुद्दामा पाँच, चोरीसम्बन्धी मुद्दामा तीन जना, सार्वजनिक अपराध मुद्दामा दुई, आगो लगाएकोसम्बन्धी मुद्दामा दुई र लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई जना छन् ।

पक्राउ परेकाबाट दुई लाख १० हजार आठ सय २५ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ