नेपालले यू–१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
569
Shares
काठमाडौँ । नेपालले आसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू–१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र यूएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने छ ।