arrow

प्राधिकरणको ३९ औँ वार्षिकोत्सव

मुलुकमा छिट्टै शतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छ - कुलमान घिसिङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
kulman-05-01.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन् । उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए । 

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए । उनले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए । 

उनले भने – ‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८-९ घण्टा र सुख्खा याममा १८ घण्टा सम्म लोडसेडिङ भोग्नुपरेको कहालीलाग्दो अवस्थाबाट हाल वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् दैनिक ७०० मेगावाट भन्दा बढी निर्यात हुने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका थियौँ । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने, आउने गरेता पनि हामी गर्वका साथ भन्न सक्छौँ लोडसेडिङ अब इतिहास भइसकेको छ । त्यति मात्र होइन वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा हामी पुगेका छौँ । हिउँद याममा अझै केही महिना विद्युत् आयात गर्नु परेता पनि आयातको परिणाम क्रमशः घट्दै जानेछ । गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ । ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ । सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको यो नै सबभन्दा ठूलो सफलता हो । अब छिट्टै मुलुक शतप्रतिशत विद्युतिकरण घोषणा गर्ने अवस्थामा पुगेको छ ।’

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत् आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए । उनले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरूलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ