रोकिएन उपत्यकामा सडक भासिने क्रम, शंखमुल जाने मुख्य सडक भासियो [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
1k
Shares
काठमाडौँ । पछिल्ला केही हप्तादेखि काठमाडौँ उपत्यकाका विभिन्न सडक भासिने क्रम जारी रहेको छ । सो क्रममा आइतबार बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको छ ।
काठमाडौँका सडकहरु केही समय अगाडिदेखि भासिन थालेका छन् । कमलादी र ललितपुरमा पनि पिच सडक भासिएको थियो ।
आज फेरि बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक पनि भासिएको छ ।