arrow

डेढ घन्टापछि आगलागी नियन्त्रणमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
fire-lalitpur-81-5-3-(10).jpg

काठमाडौँ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका १६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घन्टा पछि नियन्त्रणमा आएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर शुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो।

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

fire-lalitpur-81-5-3 (4).jpg
fire-lalitpur-81-5-3 (5).jpeg
fire-lalitpur-81-5-3 (5).jpg
fire-lalitpur-81-5-3 (6).jpeg
fire-lalitpur-81-5-3 (6).jpg
fire-lalitpur-81-5-3 (7).jpeg
fire-lalitpur-81-5-3 (7).jpg
fire-lalitpur-81-5-3 (8).jpeg
fire-lalitpur-81-5-3 (8).jpg
fire-lalitpur-81-5-3 (9).jpg
fire-lalitpur-81-5-3 (1).jpeg
fire-lalitpur-81-5-3 (1).jpg
fire-lalitpur-81-5-3 (2).jpeg
fire-lalitpur-81-5-3 (2).jpg
fire-lalitpur-81-5-3 (3).jpeg
fire-lalitpur-81-5-3 (3).jpg
fire-lalitpur-81-5-3 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ