arrow

सात संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । 

त्यस्तै दिउँसो पौने ४ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो साढे १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल हुनेछ । अपराह्न ४ बजे बस्ने अर्थ समितिको बैठकमा बैंङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ मन्त्रीसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ