arrow

निरन्तरको वर्षाले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध, सयौँ यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
landslide-rukum-purba-81-5-.jpg
तस्बिर– रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित मध्यपहाडी लोकमार्गको रानीकोटमा पहिरो झर्दा अवरुद्ध भएको सडक, रासस ।

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध  भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सो  ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । 

छिटोभन्दा छिटो  सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। 

विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।  

यी जोखिम ठाउँहरुमा सडकको स्तरोन्नति सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका आम नागरिकले दुःख पाउने गरेका छन् । 

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ जाने सवारीसाधन बीच बाटोमा रोकिदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ