- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौबाट बाहिर जाने र भित्रिने मुख्य नाका नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक अझै अवरुद्ध रहेको छ ।
लगातारको वर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलामा खसेको पहिरो पन्छाउन नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । वर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।
बिहान १० बजेदेखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ । यात्रु अलपत्र परेका छन् ।
ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो हटाउने काम शुरु भए पनि निरन्तरको वर्षाले पहिरो नरोकिँदा समस्या भएको हो ।