arrow

कुमारी बैंक र इसेवाबीच सजिलो कर्जा सुविधा सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
kumari-bank-esewa-easy-loan.jpg

काठमाडौं। कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एपमार्फत सजिलो कर्जा सुविधा प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार, कुमारी बैंकले इसेवाका एजेन्टहरूलाई व्यवसाय वृद्धिका लागि बिना धितो, कागजी प्रक्रिया वा लामो झन्झटबिनै क्षणभरमै रु. २ लाखसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ।

प्रारम्भमा, यो सुविधा इसेवा एजेन्टहरूलाई मात्र प्रदान गरिनेछ, तर निकट भविष्यमा इसेवाका सम्पूर्ण प्रयोगकर्ताहरूको लागि पनि उपलब्ध गराइनेछ। इसेवा मार्फत लिइने सजिलो कर्जा सुविधासम्बन्धी थप जानकारी इसेवाको वेबसाइट र एपमार्फत प्राप्त गर्न सकिनेछ।

कुमारी बैंकले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ। देशभर ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर, र ५९ शाखारहित बैंकिङ इकाईहरूमार्फत कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सरल, सुलभ, र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ