arrow
ADVERTISEMENT

लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै, डिलर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
drug-supplier-bara.jpeg

बारा । बारा, रौतहट लगायतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको विभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा बिजयपुर–७ घर भएका ध्यानी राउत कुर्मीको छोरा २४ बर्षीय रामबिनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो । 

पटेलिवरुद्ध विभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएता पनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन । तर बुधबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका–९ शहीद चोकबाट नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए ।

यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ वर्षीय विकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासँग २५० पिस लागुऔषध ट्रामाडोल ट्याबलेटसहित पक्राउ गरेको थियो । रुम्बाले पटेलसँग टैबलेट खरिद गरी निजगढका विभिन्न प्रयोगकर्तालाई बिक्री वितरण तरण गर्ने काम गर्दै आएका थिए । 

रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्धा नम्बर ८० को चालु मुद्घाका फरार प्रतिबादी हुन । 

यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका–९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेटसहित पक्राउ गरेको थियो । उनीहरुले भारतबाट नेपाल लागुऔषध भित्राउँदै गर्दा प्रहरीले उनीहरु सवार गाडीसहित पक्राउ गरेको थियो ।

पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन गरेको व्यक्तिहरु पक्राउको सिलसिलालेसमेत यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखाएको हो । 

यस क्षेत्रबाट भारततर्फ विशेष गरी लागुऔषध गाजा निर्यात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेटलगायत आयात हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ