arrow

चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना, सरकारको ध्यानाकर्षण [भिडियो]

बिचौलियाहरूको कारण उपभोक्ताहरूको दैनिक जीवनमा असर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
krishna-poudel-05-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, बिचौलियाहरूको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बिचौलियाहरूको कारण उपभोक्ताहरूको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको बताए । 

उनले दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरूको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न बिचौलियाहरूलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरूको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, बिचौलियाहरूको चलखेल समेतका कारणले उपभोक्ताहरूको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको छ । यस्तो अवस्थाको अन्त्यका लागि दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरूको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न बिचौलियाहरूलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरूको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक छ । उपभोग्य वस्तुहरूको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाइ उपभोक्ताहरूको हित प्रवर्द्धन र गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महसुस गर्ने गरी ती समस्याको समाधान समयमै गर्न सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

सांसद पौडेलले उपभोग्य वस्तुहरूको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाइ उपभोक्ताहरूको हित प्रवर्द्धन र गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महसुस गर्ने गरी समस्याको समाधान समयमै गर्न सरकारको ध्यानाकर्षण गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ