arrow

विभूति फार्मेसी सञ्चालक अधिकारीसहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
bijay-kedar-kaski.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित विभूति फार्मेसीका सञ्चालक केदार अधिकारीसहित दुई जना पक्राउ परेका छन् ।

लागूऔषध खरिद विक्रीमा संलग्नता देखिएपछि प्रहरीले फार्मेसी सञ्चालक अधिकारीसहित धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९ घर भएका २७ वर्षीय विजय पोखरेललाई नियन्त्रणमा लिएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार बुधबार राति ८ बजे पोखरेल शंकास्पद अवस्थामा नयाँबजारबाटै पक्राउ परेका थिए ।

उनको खानतलासी गर्दा झोलामा लागूऔषध टापेन्टाडल हाइड्रोक्लोराइड क्याप्सुल एक सय २० चक्की फेला परेको थियो ।

सोधपुछका क्रममा पोखरेलले विभूति फार्मेसीबाट किनेको पोल खोलेपछि प्रहरीले फार्मेसीमा छापा मारेको थियो ।

फार्मेसीमा पनि सोही नामको लागूऔषध ९० क्याप्सुल भेटिएपछि सञ्चालक अधिकारीलाई नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।

प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा मेडिकल सञ्चालक अधिकारीलाई नौ र खरिदकर्ता पोखरेललाई १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ