arrow

रवि लामिछानेलाई दोषी प्रमाणित गर्न सक्ने डा मुकुलको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
ravi-mukul-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई दोषी प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।

उनले समाजिक सञ्जालमा शुक्रबार बिहान स्टाटस राख्दै रवि लामिछानेलाई सम्बोधन गरेर ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्ने बताएका हुन् । 

उनले आफूलाई कारबाहीको दुस्साहस गर्दै रहेको भन्दै चेतावनीसहित लामिछानेलाई सक्ने भए आफूलाई गलत प्रमाणित गर्न चुनौती दिएका छन् । डा. ढकालले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नएको भन्दै यसलाई पार्टी हितकै रुपमा लिएको उल्लेख गरेका छन् । 

ढकालले राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने भन्दै रवि जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । 

ढकाललाई यसअघि पार्टीले महामन्त्री र पार्टी प्रवक्ताबाट बर्खास्त गरेको छ भने साधारण सदस्यबाटसमेत हटाउने तयारी गरेको पाइएको छ । 

यसो लेखेका छन् डा. ढकालले रविबारे–

‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ