arrow

सहकारी प्रकरणमा समितिले गोर्खा मिडियाका सञ्चालक जोशीसँग समितिले लियो बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
sahakari-samiti-81-5-7.jpg

काठमाडौँ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ । शुक्रबार समितिले जोशीलाई बोलाएर बयान लिएको हो ।

साथै समितिले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ