arrow

महालक्ष्मी विकास बैङ्कलाई आईएसओ ९००१: २०१५ प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
mahalaxmi-development-bank-iso-9001--2015-certified.jpg

काठमाडौँ। महालक्ष्मी विकास बैङ्कले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१: २०१५ प्रमाणपत्र हासिल गरेको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल रहेको प्रमाण स्वरूप बैङ्कले मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगस्ट १६) देखि यो प्रमाणपत्र प्राप्त गरेको हो। “विकास बैङ्किङ गतिविधिहरूको व्यवस्था” अन्तर्गत यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैङ्कहरूमध्ये महालक्ष्मी विकास बैङ्क अग्रणी रहेको छ।

आईएसओ ९००१: २०१५ प्रमाणपत्र त्यस्ता संस्थाहरूलाई प्रदान गरिन्छ जसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका छन्, उत्कृष्ट सेवा प्रदान गर्न सक्ने क्षमता राख्छन्, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्छन्, र आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने क्षमता राख्छन्। महालक्ष्मी विकास बैङ्कको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण, तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेसन लिमिटेड, यूएसएद्वारा सम्पन्न भएको थियो।

“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै महालक्ष्मी विकास बैङ्कले विगत ३० वर्षदेखि देशभर १०३ शाखा कार्यालयहरू मार्फत करिब ७ लाख ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। साथै, मिति २०८०-०९-२८ मा सम्पन्न बैङ्कको २२ औँ वार्षिक साधारण सभामा विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउने प्रस्ताव पारित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ