arrow

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
abdul-05-07.jpg

काठमाडौँ । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुने गरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । 

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरूको बलो बजारी, अस्वाभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले जानकारी दिए । त्यसै गरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सभापति खानले चिनीलगायतका कुनै पनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए । 

उनले भने,‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथ मूल्य पसलहरू मुलुकको विभिन्न स्थानमा बिस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिने गरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।’


बैठकमा सांसदहरूले खाद्यवस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ