arrow

कोलाहलमुक्त नुवाकोट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
peaceful-nuwakot-81-5-8-(17.jpg

नुवाकोट । सहरको भीडभाड, कोलाहल, धुँवा–धुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । 

काठमाडौँसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको  सात तले दरबार क्षेत्र, जसले देशको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ  । 

इतिहास हेर्ने हो भने  कुनै बेला काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाईसे–चौबीसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला त हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको । 

तर विडम्बना त के भने प्राचिन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइने छैन ।

‘गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम भने अझै सम्पन्न हुन भने सकेको छैन ।

सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। 

उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल छ।

चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् । (नेपाल फोटो लाइब्रेरी)

peaceful-nuwakot-81-5-8 (1).jpg
peaceful-nuwakot-81-5-8 (2).jpg
peaceful-nuwakot-81-5-8 (3).jpg
peaceful-nuwakot-81-5-8 (4).jpg
peaceful-nuwakot-81-5-8 (5).jpg
peaceful-nuwakot-81-5-8 (6).jpg
peaceful-nuwakot-81-5-8 (7).jpg
peaceful-nuwakot-81-5-8 (8).jpg
peaceful-nuwakot-81-5-8 (9).jpg
peaceful-nuwakot-81-5-8 (10).jpg
peaceful-nuwakot-81-5-8 (11).jpg
peaceful-nuwakot-81-5-8 (12).jpg
peaceful-nuwakot-81-5-8 (13).jpg
peaceful-nuwakot-81-5-8 (14).jpg
peaceful-nuwakot-81-5-8 (15).jpg
peaceful-nuwakot-81-5-8 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ