arrow

शिखरले लिए संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
shikhar-dhawan-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । 

उनले एक दिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।

शिखर धवनले भने, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैं भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो पनि भयो जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु ।

शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले आफ्नो क्रिकेट यात्रालाई अलविदा गर्दै भारतबाट खेलेकोमा आफ्नो मनमा शान्ति रहेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ