arrow
ADVERTISEMENT

इजरेली आक्रमणको तेहरानले  उचित र व्यवस्थित जवाफ दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
iran-minister.jpg

काठमाडौँ । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् । 

उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् । 

इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरेलको कारबाहीबारे समीक्षा गरिरहेको उनले बताए । 

हानियाको हत्याका लागि इजरेललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने,“इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरेलको आक्रमणको तेहरानले निश्चित रूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ ।”

अराग्चीले थपे,“ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।”

इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन इरान पुगेका हानियाको तेहरानस्थित निवासमा गत जुलाई ३१ मा भएको आक्रमणमा हनिया र उनका अङ्गरक्षकसहितको मृत्यु भएको थियो ।

इरानले आक्रमणको लागि इजरेल जिम्मेवार रहेको ठहर गरेको छ भने इजरेलले आक्रमणमा आफ्नो संलग्नताको पुष्टि वा खण्डन गरेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ