- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बाँसबारी, काठमाडौँ स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिए बापत कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैङ्कका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रूपमा उपलब्ध हुनेछ। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।